Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेत्रहिन विश्वकप क्रिकेटमा नेपालले अष्ट्रेलियालाई १ सय ४४ रनको लक्ष्य दिएको छ । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो ।

नेपालका सुनिल क्षेत्रीले ३४, किर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ र सुनिल थापाले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ३८ रन अतिरिक्त पाएको छ ।

अष्ट्रेलिया बलियो टिम भए पनि नेपालले कडा टक्कर दिने नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले बताएका छन् ।  यसअघि सन् २०१२ मा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ७ विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया