Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभागीय टिम सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका दुई तथा मध्यमाञ्चलका एक खेलाडी स्वर्ण पदक नजिक पुगेका छन् ।

पुरुष तथा महिलातर्फ ४९ किलोदेखि ६० किलो तौलमा छ वटा स्पर्धामा सेनाका खेलाडी फाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ सुभाष विक, प्रेम चौधरी, विमल रोक्का तथा महिलातर्फ ललिता मर्हजन, गीता थापामगर र विमला श्रेष्ठ फाइनल पुगेका छन् । यस्तै विभागीय टिम सशस्त्र प्रहरीबाट पुरुषतर्फ विक्रम परियार र पुरन राई तथा महिलातर्फ माला राई र प्रमिला पाण्डे स्वर्ण पदकका लागि आज भिड्ने छन् ।

यसैगरी नेपाल प्रहरीका देवान शर्मा र दिनेश श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलका सुशील थापाले समेत फाइनलमा स्थान बनाएका छन् । विवादपछि पुरुष ६० किलोतौलको खेल स्थगित गरिएको छ । पूर्वाञ्चलका विराज राई र सशस्त्र प्रहरीका दिनेश चन्दबीच भएको खेलमा विवाद भएको थियो ।

सशस्त्रका चन्द विजयी भए पनि पूर्वाञ्चलका प्रशिक्षकले सो निर्णयको विरोध गरेपछि खेल स्थगित गरिएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया