Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो- यतिबेला जापानको पार्क, उद्यान, बगैचा, नदि तथा सडकको किनारतिर जापानको राष्ट्रिय फूल साकुरा ढकमक्क फुलेर सबैको ध्यान आकर्षित गरिरहेको छ । साकुरा फुल्दाको मौसममा जापान नवदुलहीझैं सिंगारिन पुग्छ र प्रकृतिमा रमाउन मन पराउने यहाँका मानिसहरु साकुराको बोटमुनि झुम्मिन पुग्छन् अनि आपसमा सुखदुख साटासाट गर्दै खानपानसहित रमाईलो गरी पुष्पावलोकन पर्व मनाउँछन् जसलाई जापानी भाषामा हानामी भनिन्छ ।

‘हाना’ भनेको फूल र ‘मी’ भनेको हेर्नु हो, अर्थात फूल हेर्ने उत्सवकोरुपमा यो साकुरा फुल्ने मौसमले धेरैको मन त्यसैत्यसै लोभाईदिन्छ र सबैकुरा बिर्साईदिन्छ । त्यसैले त देश बिदेशका मान्छेहरु ढकमक्क फुलेको साकुराको फूल हेर्न लालायित हुने गर्दछन ।

यसैअवसरमा जापानमा रहेका नेपालीहरु पनि आफुलाई पायक पर्ने साकुराका उद्यानहरु भएको ठाउँमा भेला भई आफ्नै शैलीमा रमाईलो गर्ने र आपसमा सुखदुख साट्ने गर्दछन ।

सोही अनुसार यही आइतवार र सोमबार उएनो पार्कमा नेपालीहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । यस बर्ष चिसोको मौसम लम्बिदा ढिलो गरी साकुरा फुलेकोले यो हप्ता मात्र हानामीका लागि उपयुक्त समय भएको बताईन्छ।  यस वर्ष लगायत अघिल्ला बर्षहरुमा भएका हानामीको अवसरमा लिईएका तस्वीरहरु :  समुद्रपारिको फोटो फाईलबाट

hanami hanami7 hanami6 hanami5 hanami4 hanami3 hanami2 hanami1 hanami2 hanami1 Sakura 16 Sakura 15 Sakura 13 Sakura 7 Sakura 5
Sakura 1 sakura 2 Sakura 3 Sakura 4 Sakura 7 Sakura 9 Sakura 11Sakura 20 Sakura 13 Sakura 14


SAKURA Sakura 1 Sakura Ueno Sakura Sakura sakura

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया