Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट गरेको छ । एन्फाले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३० जना खेलाडीको घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

woman-football-team

एञ्जिला तुम्बापो सुब्बा, नमिताकुमारी डली, रुपा राना मगर, अञ्जना राना मगर, घिमकुमारी गुरुङ, अमृता जैशी, अञ्जली वाइवा, मन माया लिम्बु, हिराकुमारी भुजेल, पूनम जर्घा मगर ३० सदस्यी टोलीमा परेका छन् ।

यसैगरी गिता राना, बिमला बिक, नन्दकुमारी थापा, कविता धिमाल, सपना लामा, दिपा राई, लक्ष्मी पौडेल, अनिता बस्नेत, दीपा अधिकारी, रेनुका नगरकोटी, अनिता केसी, इन्दिरा राई, मञ्जली योञ्जन, सबिता भण्डारी पनि प्रारम्भीक टोलीमा परेका छन् ।

साबित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निरु थापा, निर्मल बिक, मञ्जु गुरुङ र सरु लिम्बु पनि टोलीमा परेका छन् । साफ च्याम्पियनसिपमा नेपालसँगै समूह ए मा श्रीलंका, माल्दिभ्स र भुटान परेका छन् । त्यस्तै डिफेन्डिङ च्याम्पियन भारतसहित बंगलादेश र अफगानिस्तान समूह बी मा परेका छन् ।

पुस ११ गतेदेखि हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्नेछ । नेपालले पुस १३ गते माल्दिभ्स र पुस १५ गते श्रीलंकासँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । सबै खेलहरु भारतको सिलिगुढीको कन्चनजङ्घा रंगशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया