Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

न्यूयोर्क – अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले कुनै बेला ‘यौनदासी’ बनाएको एक इराकी युवतीलाई संयुक्त राष्ट्रसंघले सद्भावना दूत नियुक्त गरेको छ ।
शुक्रबार राष्ट्रसंघले इराकी युवती नादिया मुरादलाई मानव बेचबिखनविरुद्धको अभियानमा सद्भावना दूत नियुक्त गरेको हो ।

iaas

राष्ट्रसंघले भनेको छ, ‘नादियाले हामीसँग मिलेर मानव बेचबिचनविरुद्ध काम गर्ने्छिन्, यसबारेमा मानिसलाई सचेत तुल्याउनेछिन् ।’नादियालाई सन् २०१४ मा आइएसले उनकै गाउँबाट अपहरण गरेर लगेको थियो । नादियाका अनुसार उनको परिवारलाई उनकै सामू गोली हानि हत्या गरेपछि आइएसले उनलाई अपहरण गरेको हो ।

आइएसले त्यसरी अपहरण गरेर लैजाने गरेका कयौं युवती तथा महिलालाई यौनदासीका रुपमा प्रयोग गर्दै आएको छ । उनलाई मोसुलको एउटा अड्डामा आइएसले राखेको थियो । त्यहाँ तीन महिनासम्म आइएसका लडाकुहरुले आफूलाई पालैपालो पटक–पटक बलात्कार गरेको नादियाले बताइन् । संयोगले त्यहाँबाट भाग्न सफल भएकी नादियाको जर्मनीमा उपचार गरिएको थियो ।

सन् २०१५ मा उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमै आफ्नो पीडा सुनाएकी थिइन् । उनले आइएसलाई तत्काल समाप्त पार्न आवश्यक कदम चालियोस् भनि राष्ट्रसंघसमक्ष माग समेत गरेकी थिइन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया