ब्राजिल – ब्राजिलका पूर्व राष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ । ब्राजिलको संघीय अभियोजनकर्ताले लुला डि सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेन्टहाउसमा सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गर्न लागेको हो ।

यद्यपी लुलाले भने सो पेन्टहाउस आफ्नो स्वामित्वको नभएको जनाउँदै आएकी छिन् । सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलका राष्ट्रपति बनेका लुलाले पदमा रहँदा ब्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
सन् २०१८ मा राष्ट्रपतीय चुनावमा राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने तयारीमा रहेका लुलामाथि मुद्दा चल्ने भएपछि उनी अप्ठेरोमा परेकी छिन् । (एजेन्सी)








