Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डीबाट निर्वाचित सांसद कंगना रनोटले राहुल गान्धी सँग आफ्नो विवाह जोडेर फैलाइएको हल्लाप्रति कडा आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जालमा एक मीम पेजले कंगनाको नाममा नक्कली अभिव्यक्ति जोडेर पोस्ट गरेपछि विवाद सुरु भएको हो। उक्त पोस्टमा ‘राहुल गान्धी भाजपामा आएमा आफू विवाह गर्न तयार हुने’ भन्दै कंगनाले भनेको दाबी गरिएको थियो। जुन उनले पूर्ण रूपमा अस्वीकार गरेकी छिन्।

इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै कंगनाले यस्तो सामग्रीलाई ‘निकृष्ट र अपमानजनक’ भन्दै आलोचना गरेकी छिन् उनले राजनीतिमा महिलाको सम्मान घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै यस्ता अफवाह फैलाउनेहरूमाथि कारबाही हुनुपर्ने संकेत समेत गरिन्। यस्तै हल्लाले महिला नेतृहरूको छवि बिगार्ने प्रयास भएको उनको भनाइ छ। उनले यस्ता गलत प्रचारलाई बेवास्ता नगर्ने चेतावनी पनि दिएकी छिन्।

राजनीतिसँगै अभिनयलाई निरन्तरता दिइरहेकी कंगना छिट्टै क्वीन २ मा देखिने तयारीमा छिन्। फिल्मको छायांकन तालिका मिलाउँदै उनी आफ्नो व्यस्त राजनीतिक जिम्मेवारी पनि सम्हालिरहेकी छिन्।

तपाईको प्रतिक्रिया