Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – इरानबाट तेल किन्ने कम्पनीहरूमाथि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धलाई चीनले अस्वीकार गरेको छ। इरानी तेल खरिदमा संलग्न पाँच चिनियाँ कम्पनीमाथिको कारबाही मान्न नसकिने चीनले स्पष्ट पारेको हो।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्तो प्रतिबन्धले अन्य देशसँगको सामान्य व्यापारमा बाधा पुर्‍याउने र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने उल्लेख गरिएको छ। मन्त्रालयले संयुक्त राष्ट्रसंघको स्वीकृति बिना लगाइने एकतर्फी प्रतिबन्धलाई आफूहरूले मान्यता नदिने र चिनियाँ कम्पनीलाई पनि त्यस्ता प्रतिबन्ध नमान्न निर्देशन दिएको जनाएको छ।

यसअघि अमेरिकाले इरानका लागि ठूलो मात्रामा कच्चा तेल आयात गरेको आरोप लगाउँदै अर्को चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणको तयारीमा रहेका बेला यस्तो कदम उठाइएको हो। भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भेट हुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया