काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज एकै दिन सुन प्रतितोला ३ हजार ४०० रुपैयाँले महँगिएको छ भने चाँदी पनि १३५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो। बुधबार भने सुन २ लाख ९४ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागेको छ। आज एक औँस सुन करिब ४ हजार ६५० अमेरिकी डलर र चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।








