Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। नेपाल आयल निगमले नयाँ मूल्यसूची सार्वजनिक गर्दै आजै शुक्रबार बिहान १२ बजेदेखि लागू हुने जनाएको छ। नयाँ दरअनुसार अब एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ। त्यस्तै आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको छ। यसअघि पूरा सिलिण्डर ग्यास २ हजार १० रुपैयाँ र आधा सिलिण्डर १ हजार ५ रुपैयाँमा बिक्री हुँदै आएको थियो।

यता, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने घटाइएको छ। निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो।

तपाईको प्रतिक्रिया