Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – उत्तर-पूर्वी जापानको इवाते प्रान्तस्थित ओत्सुची टाउनमा लागेको भीषण डढेलोले उग्र रूप लिएपछि नियन्त्रण प्रयासलाई थप तीव्र पारिएको छ । डढेलो बस्तीतर्फ फैलिएपछि स्थानीय प्रशासनले अन्य प्रान्तहरूबाट समेत सहयोग मागेको छ ।

गत बुधबार ओत्सुचीका दुई फरक स्थानमा डढेलो सल्किएको थियो । एउटा डढेलो पहाडी क्षेत्रमा र अर्को त्यसभन्दा १० किलोमिटर दक्षिण-पूर्वमा लागेको हो । पहाडी भेग र प्रतिकूल मौसमका कारण आगो निभाउन हम्मेहम्मे परिरहेको छ ।

डढेलोले बस्ती नै जोखिममा पारेपछि ३ हजार २३३ जना बासिन्दालाई तत्काल घर छाड्न (इभ्याकुएसन अर्डर) आदेश दिइएको छ । यो सङ्ख्या उक्त नगरको कुल जनसङ्ख्याको करिब एक तिहाइ हो । प्रभावितहरूका लागि ओत्सुचीमा ५ वटा र छिमेकी कामाइसी सहरमा एउटा आश्रयस्थल स्थापना गरिएको छ । हालसम्म एक घरसहित ८ वटा भौतिक संरचना जलेर नष्ट भइसकेका छन् ।

आगो नियन्त्रणका लागि छिमेकी प्रान्तहरूबाट समेत गरी करिब १ हजार अग्नि नियन्त्रकहरू परिचालन गरिने स्थानीय अधिकारीहरूले बताएका छन् । अग्नि नियन्त्रक टोलीले चौबीसै घण्टा डढेलो निभाउने प्रयास गरिरहेका छन् भने दिउँसोको समयमा हेलिकप्टरमार्फत आकाशबाट पानी खसाल्ने कार्यलाई निरन्तरता दिइएको छ ।

हवाई विश्लेषणका आधारमा नगर अधिकारीहरूले डढेलो करिब १,१७६ हेक्टर क्षेत्रमा फैलिएको अनुमान गरेका छन्।  शुक्रबारसम्मको प्राप्त तस्वीर र तथ्याङ्क अनुसार ७३० हेक्टर वन क्षेत्र पूर्ण रूपमा खरानी भइसकेको पुष्टि भएको छ । डढेलो अझै पूर्ण नियन्त्रणमा नआएकाले क्षति बढ्न सक्ने त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया