
काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्ती डेलपिटियाबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने विषयमा कुराकानी केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा द्विपक्षीय सहकार्य, आपसी हितका क्षेत्र तथा भविष्यमा गर्न सकिने सहयोगका सम्भावनाबारे छलफल भएको थियो। मन्त्री खनालले श्रीलङ्कालाई नेपालको पुरानो र निकट मित्र राष्ट्रका रूपमा उल्लेख गर्दै पर्यटन, संस्कृति र व्यापारका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरे।
राजदूत डेलपिटियाले पनि आफ्नो कार्यकालमा नेपाल–श्रीलङ्का सम्बन्धलाई थप मजबुत बनाउन सक्रिय रहने बताइन्। भेटमा मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।








