काठमाडौँ – कृषि प्रधान मानिने नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण भए पनि खाद्यान्नमा परनिर्भरता बढ्दो अवस्थामा देखिएको छ। विशेषगरी धान–चामलजस्ता मुख्य खाद्यवस्तुका लागी देशले ठूलो रकम विदेश पठाइरहेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धान, चामल, कनिका र बिउ आयात भएको छ। यस अवधिमा ६ लाख ३८ हजार टनभन्दा बढी खाद्यान्न भित्रिएको तथ्यांकले आन्तरिक उत्पादन अपुग भएको देखाउँछ।
धानको आयात केही घटे पनि चामल, विशेषगरी बासमती र मसिनो चामलको आयात उल्लेख्य रूपमा बढेको छ। त्यस्तै कनिका र बिउ आयातमा पनि वृद्धि देखिएको छ।








