Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानको एक उच्च अदालतले आफ्नै किशोरी छोरीलाई बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई तल्लो अदालतले सुनाएको आठ वर्षको जेल सजायलाई मंगलबार सदर गरेको छ । नागोया उच्च अदालतको कानाजावा इजलासले ५४ वर्षीय कोजी दैमोनले दायर गरेको पुनरावेदनलाई खारेज गर्दै पुरानै फैसलालाई निरन्तरता दिएको हो ।

मध्य जापानको तोयामा प्रान्तस्थित कुराबेमा रहेको आफ्नै घरमा दैमोनले छोरी रिहो फुकुयामामाथि यौन हिंसा गरेको अदालतले ठहर गरेको छ । हाल २६ वर्ष पुगेकी फुकुयामाले सन् २०२४ देखि आफ्नो वास्तविक नाम सार्वजनिक गर्दै यौन हिंसाविरुद्ध अभियान चलाउँदै आएकी छिन् । अदालतको फैसलापछि आयोजित पत्रकार सम्मेलनमा उनले भावुक हुँदै भनिन्, ‘मैले जे भन्न खोजेकी थिएँ, त्यसलाई अदालतले अन्ततः स्वीकार गरेकोमा म आभारी छु ।’

गत अक्टोबरमा तोयामा जिल्ला अदालतले गरेको फैसला अनुसार, ती निर्दयी बाबुले छोरी माध्यमिक विद्यालयको दोस्रो वर्षदेखि उच्च माध्यमिक विद्यालयको दोस्रो वर्षसम्म पुग्दासम्म निरन्तर बलात्कार र यौन शोषण गरेका थिए । अदालतले आफ्नो फैसलामा भनेको छ, ‘पीडित छोरी आफ्नै बाबुबाट बलात्कार हुनुपर्ने अस्वभाविक र पीडादायी अवस्था एक्लै सहन बाध्य थिइन् । यसले उनलाई मनोवैज्ञानिक रूपमा यसरी थला पारेको थियो कि उनले प्रतिकार गर्ने इच्छाशक्ति समेत पूर्ण रूपमा गुमाइसकेकी थिइन् ।’

तपाईको प्रतिक्रिया