काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पछिल्लो विवादलाई ध्यानमा राख्दै गृहमन्त्रीले पदबाट हट्नु उचित हुने धारणा व्यक्त गरेका छन्। उनले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विषयलाई लिएर यस्तो सुझाव दिएका हुन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा साम्पाङले सरकारका कामकारबाहीबारे आफ्ना धारणा राख्दै आवश्यक सुधारका विषयहरू बुँदागत रूपमा प्रस्तुत गरेका थिए।
उनका अनुसार बढ्दो विवादले सरकारको काममा असर पर्न सक्ने भएकाले परिस्थितिलाई सहज बनाउन जिम्मेवार पदमा रहेका व्यक्तिले आवश्यक निर्णय लिनुपर्ने उनले संकेत गरेका छन्।
पत्रकारले राखेको प्रश्नमा उनले भने– जहिल्यै नयाँ नयाँ सुनिन्छ। हप्तामा दुई तीनपल्ट नै सुनिन्छ। उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ। सुशासन कायम गर्नतर्फ लाग्नुपर्छ ।”








