Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग मागिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । सोमबार सानेपामा बस्ने समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने स्रोतले जनाएको छ ।

अनुशासन समितिले गत वैशाख २ गते बसेको बैठकमार्फत खड्कासँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । तर पछिल्लो राजनीतिक तथा कानुनी परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय पुनरावलोकन गर्न लागिएको बताइएको छ ।

स्रोतका अनुसार अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएपछि स्पष्टीकरण माग्ने निर्णयको औचित्य समाप्त भएको निष्कर्षसहित समितिले निर्णय फिर्ता लिने तयारी गरेको हो ।

यसअघि खड्काले अनुशासन समितिको निर्णयलाई अस्वीकार गरेका थिए । उनले अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिबाट बनेका संरचनाले स्पष्टीकरण सोध्नु निरर्थक, हास्यास्पद र अर्थहीन भएको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, वैधानिकता र संगठनात्मक संरचनालाई लिएर विवाद बढिरहेका बेला अनुशासन समितिको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार स्पष्टीकरण फिर्ता लिने निर्णयले पार्टीभित्रको तनाव केही कम गर्न सक्ने भए पनि आन्तरिक विवाद पूर्ण रूपमा अन्त्य हुने संकेत भने देखिएको छैन । ***

तपाईको प्रतिक्रिया