Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – काठमाडौंको ऐतिहासिक असन क्षेत्रको मौलिकता जोगाउन हरेक शनिबार सवारी साधन प्रवेश रोक्ने निर्णय लागू गरिएको छ। वैशाख ५ गतेदेखि सुरु भएको ‘भेहिकल फ्रि असन’ कार्यक्रममार्फत असनलाई सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्र बनाउने लक्ष्य राखिएको छ।

अब प्रत्येक शनिबार असन क्षेत्रमा सवारी चलाउन पाइने छैन। त्यस दिन यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम, रैथाने सीप र ज्ञानको प्रदर्शनी, संगीत तथा नृत्यजस्ता गतिविधि सञ्चालन गरिनेछन्।

यसअघि कार्यक्रम चैत २८ गतेदेखि सुरु गर्ने तयारी भए पनि व्यवस्थापनमा कमजोरी नहोस् भनेर एक सातापछि सारिएको हो। महानगरका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीचको छलफलपछि कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो। यो अभियानले असन क्षेत्रलाई थप व्यवस्थित बनाउने र पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया