Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे ध्यान दिन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको टोलीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर यस विषयमा छलफल गरेको हो।

भेटका क्रममा केसीले पछिल्ला घटनाक्रमका कारण प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितता बढेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए। उनले परराष्ट्र, श्रम तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आपतकालीन संयन्त्र छिट्टै गठन गर्न आग्रह गरे। आवश्यक परे नेपालीको उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थामा संघ सहयोग गर्न तयार रहेको पनि उनले बताए।

सचिव राईले पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै सरकारले ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरिसकेको जानकारी दिए। उक्त टोलीले सम्बन्धित निकाय र अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै नेपाली नागरिकलाई सूचना तथा आवश्यक सहयोग उपलब्ध गराउने बताइएको छ।

तपाईको प्रतिक्रिया