Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – इजरेल र इरानबीचको सैन्य टकरावको बाछिटा खाडी मुलुकहरूसम्म पुगेको छ । कतार, संयुक्त अरब इमिरेट्स (युएई) र बाहरेनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी इरानले क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वको सुरक्षा स्थिति थप भयावह बनेको छ ।

कतारको रक्षा मन्त्रालयले आफ्नो भूभाग लक्षित गरी भएका कैयन् हमलाहरूको सफलतापूर्वक प्रतिरोध गरिएको जनाएको छ । कतारस्थित मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा ‘अल उदैद हवाई अखडा’ लाई निसाना बनाएर प्रहार गरिएको एक इरानी क्षेप्यास्त्रलाई अमेरिकी ‘प्याट्रिअट’ रक्षा प्रणालीले आकाशमै खसाएको अधिकारीहरूले बताए । कतारको आन्तरिक मामिला मन्त्रालयले हालसम्म कुनै भौतिक क्षति नभएको जनाए पनि नागरिकहरूलाई सुरक्षित रहन र घरबाहिर ननिस्कन आपत्कालीन सन्देश जारी गरेको छ ।

द्वन्द्वको राप युएई, बाहरेन र कुवेतसम्म फैलिएको छ । युएईको सरकारी सञ्चार माध्यमका अनुसार इरानी क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिए पनि त्यसको टुक्रा लागेर एक एसियाली मूलका नागरिकको मृत्यु भएको छ । त्यस्तै, बाहरेनस्थित अमेरिकी नौसैनिक कमान्ड ‘यूएस फिफ्थ फ्लीट’ को मुख्यालयमा पनि क्षेप्यास्त्र प्रहार भएको समाचार बाहिरिएका छन् ।

इरानको विदेश मन्त्रालयले अमेरिकासँग कूटनीतिक संवाद भइरहेकै समयमा आक्रमण भएको भन्दै आपत्ति जनाएको छ । फेब्रुअरी २६ मा जेनेभामा दुई देशबीच तेस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको थियो । वार्ताको कूटनीतिक प्रक्रिया जारी रहेकै बेला इजरेल र अमेरिकाले आक्रमणको नियत राखेको इरानको आरोप छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले यस संयुक्त हवाई हमलाको ‘कडा बदला’ लिने चेतावनी दिएको छ । परिषदले इरानी फौजले बदलाको कारबाही सुरु गरिसकेको भन्दै आफ्ना नागरिकहरूलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आह्वान गरेको छ ।

सम्भावित थप आक्रमणलाई मध्यनजर गर्दै इरानले देशभरका विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । सरकारी कार्यालयहरू आधा क्षमतामा मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ भने बैंकिङ सेवालाई यथावत् राखिएको छ । सरकारले नागरिकका लागि आवश्यक सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाए पनि तेहरानसहितका प्रमुख सहरहरूमा त्रासको वातावरण रहेको छ ।

तपाईको प्रतिक्रिया