Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

टोकियो – जापानले सोमबार विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘काशीवाजाकी-कारीवा’ को एउटा रिएक्टर पुनः सञ्चालनमा ल्याएको छ । प्राविधिक समस्याका कारण अघिल्लो महिना स्थगित गरिएको यो प्रक्रियालाई सोमबार दिउँसो २ बजेबाट पुनः सुरु गरिएको यसको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले जनाएको छ ।

सन् २०११ को फुकुसिमा दुर्घटनापछि बन्द गरिएको यो प्लान्ट लामो समयपछि सञ्चालनमा आएको हो । सातवटा रिएक्टर भएको यस केन्द्रबाट आगामी चैत ५ (मार्च १८) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ । फुकुसिमा दुर्घटनापछि टेप्कोद्वारा सञ्चालित कुनै पनि आणविक युनिट पुनः सुरु भएको यो पहिलो पटक हो ।

जापानले जीवाष्म इन्धनमाथिको निर्भरता कम गर्न, सन् २०५० सम्ममा कार्बन तटस्थताको लक्ष्य भेट्टाउन र आर्टिफिसियल इन्टेलिजेन्सका कारण बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न आणविक ऊर्जालाई प्राथमिकता दिएको छ । नवनिर्वाचित प्रधानमन्त्री सानाए ताकाइचीले पनि देशको अर्थतन्त्रलाई गति दिन आणविक ऊर्जाको आवश्यकतामा जोड दिँदै आउनुभएको छ ।

यद्यपि, यस कदमप्रति स्थानीय जनमत भने विभाजित छ । निगाता प्रान्तमा गरिएको एक सर्वेक्षण अनुसार करिब ६० प्रतिशत बासिन्दाले सुरक्षाको कारण देखाउँदै यसको विरोध गरेका छन् । टेप्कोले भने १५ मिटर अग्लो सुनामी पर्खाल र परिष्कृत सुरक्षा प्रणाली जडान गरिएको भन्दै सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया