Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाट क्षेत्रमा आज बिहान सात वटा सवारी साधन आपसमा ठोक्किएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस र ट्रकसहित सात वटा गाडी दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका चालक घाइते भएका छन् र उनीहरूको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार, एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिँदा पछिपछि रहेका अन्य सवारी पनि आपसमा ठोक्किएका हुन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् – मुग्लिन-नारायणगढ सडक दुर्घटना अपडेट : सात सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते

 

 

तपाईको प्रतिक्रिया