Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा सात वटा सवारी आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे सात बजे मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको हो।

घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेसनल सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस ठोक्किँदा पछिपछि रहेका अन्य पाँच सवारी पनि दुर्घटनामा परेका हुन्। ती सवारीमा टेलर, इलेक्टिक माइक्रो, बस, बलेरो र कार रहेका छन्।

घाइतेमध्ये १३ जना नेसनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जना जनता केयर अस्पतालमा उपचाररत छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् – मुग्लिन-नारायणगढ सडकमा ७ वटा गाडी एकआपसमा ठोक्कियो

 

 

तपाईको प्रतिक्रिया