समाचार सुन्नुहोस :
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजीको प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल सञ्चालन रोकिएको थियो। बुधबार बिहान बुद्ध एयरले सूचना जारी गर्दै १२ बजेसम्म कुनै उडान नहुने जनाएको हो।
कम्पनीले यात्रुहरुलाई परेको असुविधाप्रति माफी माग्दै भनिएको छ, ‘देशको परिस्थितिका कारण आन्तरिक उडान गर्न नसकिएको हो।’ यसले गर्दा विभिन्न गन्तव्यतर्फ जाने सबै वायुसेवा कम्पनीका उडान पनि प्रभावित भएका छन्।
यात्रुहरुले किनेका टिकट प्रयोग गर्न नसकेमा रकम फिर्ता गरिने बुद्ध एयरले जनाएको छ।








