समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजीको प्रदर्शन नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि सडकमा नेपाली सेनाको उपस्थिति देखिएको छ।
जिल्ला प्रशासन कार्यालयले माइतीघर, नयाँ बानेश्वर, शंखमुल, सिंहदरबारदेखि राष्ट्रपति कार्यालयसम्म कर्फ्यु आदेश लागू गरेको छ। विशेषगरी माइतीघर र बानेश्वर क्षेत्रमा सेनाको बाक्लो उपस्थिति छ।
नयाँ बानेश्वरस्थित संसद भवन सेनाले नियन्त्रणमा लिएको छ। यसअघि प्रदर्शनकारी संसद भवनभित्र प्रवेश गरेका थिए। प्रहरीको अश्रुग्यास प्रहारपछि उनीहरू बाहिर निकालिए पनि, प्रदर्शनकारीले संसद भवनमा ढुंगा प्रहार गरेका थिए। संसद भवनको गेटमा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भइरहेको छ।
प्रकाशित मिति: सोमवार भदौ २३, २०८२
प्रकाशित समय: १८:२४:३७








