समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंमा आज भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीको गोली प्रहार हुँदा उनीहरू मारिएका हुन्।
मृत्यु हुनेहरुको नाम अझै सार्वजनिक भएको छैन। प्रहरी स्रोतका अनुसार, सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको छ।
त्यसैगरी, संसद भवनको गेटमा गोली लाग्दा एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले ट्रमा सेन्टरमा पनि थप एक प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको छ, तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन।








