टोकियो – जापानको ओसाका प्रिफेक्चरमा युवतीको अपार्टमेन्टमा आगजनी प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काशिहारा शहरमा प्रहरीले ४२ वर्षीय युइची तानाकालाई आफूले चिनेकी एक महिला र उनका प्रेमी बस्ने अपार्टमेन्टको प्रवेशद्वार अगाडि डिजेल खन्याएर आगजनीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।
ओसाका प्रिफेक्चरको कासुगाई शहरका कम्पनीका कर्मचारी तानाकाले मध्यरातदेखि १२:१० बजेको बीचमा डिजेल खन्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तानाकाले आरोप अस्वीकार गर्दै भनेका छन्, ‘मलाई भर्खरैसम्म ती महिलाप्रति प्रेम भावना थियो, तर मैले आगजनी गरेको होइन ।’
तानाकाको २० वर्षकी ती महिलाप्रति एकतर्फी प्रेम थियो, जो आफ्नो ३० वर्षका प्रेमीसँग बस्छिन् । तानाकाले ती महिलालाई करिब १८ महिनादेखि चिनेको बताएका छन् । तानाकाले इन्धनमा आगो लगाए, जसबाट अपार्टमेन्टको इन्टरकम जल्यो । तर, आगो भवनमा फैलिएन ।
घटना हुँदा ती महिला बाहिर थिइन्, र उनका प्रेमी भित्र थिए । उनले कसैले ढोका खोल्न खोजेको जस्तो आवाज सुने र इन्टरकम जलिरहेको देखे, त्यसपछि उनले ११० मा फोन गरे ।








