समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोस्टमा काठमाडौं महानगरका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन्।
देउवाले “सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापनादिवस तथा करम पूजा कार्यक्रममा सम्बोधन गरेको छु” भनेर स्टाटस लेखेका थिए। सोही पोस्टमा बालेनले “यो पोस्ट कुन VPN बाट हो, नेपाली हो कि विदेशी?” भन्दै टिप्पणी गरेका हुन्।
बालेनले अझै “सारै गाह्रो हुने रहेछ VPN बाट चलाउन त!!” भनेर व्यंग्यात्मक शैलीमा टिप्पणी थपेका छन्।








