Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न (फुली) लगाइएको छ। उनलाई गृहसचिव गोकर्णमणि दुवाडीले फुली लगाइदिएका हुन्। भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो।

हालको प्रहरी ऐन अनुसार खापुङ छोटो समय मात्रै पदमा रहनेछन्। संसद्मा नयाँ प्रहरी विधेयक पारित नभएसम्म उनी दुई महिना सात दिन मात्र प्रहरीको नेतृत्व गर्नेछन्। ३० वर्षे सेवा अवधि पुरा गर्दै खापुङ आगामी कार्तिक २६ मा अवकाश पाउनेछन्।

२०२७ साल मङ्सिर २३ मा तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा प्रहरी निरीक्षक बनेका थिए। उनले मोरङको बेलबारी, धरान, चापागाउँ, दरबारमार्ग लगायतका कार्यालयमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। २०७३ पुसमा एसपी, २०७७ वैशाखमा एसएसपी र २०८० वैशाखमा डिआईजीमा बढुवा भएका थिए। उनले बागलुङ, काभ्रे, उपत्यका अपराध अनुसन्धान कार्यालय, कोशी प्रदेश प्रहरी प्रमुख लगायत पदमा काम गरेका छन्।

जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका खापुङले इटाली, भियतनाम र चीनसहित १४ वटा तालिम लिएका छन्। प्रहरी सेवामा सक्रिय रहँदै उनले प्रशासनिकदेखि अपराध अनुसन्धानसम्मका क्षेत्रमा अनुभव बटुलेका छन्।

तपाईको प्रतिक्रिया