Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने पछिल्ला दिनमा फोनको डायलर वा कल स्क्रिनमा आएको नयाँ डिजाइनले अचम्ममा पार्न सक्छ। धेरै प्रयोगकर्ताले कुनै सेटिङ नबदलेको भए पनि इन्टरफेस आफैं बदलिएको देखेपछि सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन्। कतिले यसलाई ह्याकिङसँग जोडिरहेका छन् भने कतिले सरकारी निगरानीको आशंका गरेका छन्। तर विज्ञहरूका अनुसार यो न ह्याकिङ हो, न निगरानी। यो त गूगलले ल्याएको नयाँ सफ्टवेयर अपडेटको परिणाम मात्र हो।

गूगलले यसै वर्ष ‘मटेरियल थ्री डी एक्सप्रेसिभ’ नामक ठूलो अपडेट ल्याउने घोषणा गरेको थियो। यही अपडेटपछि कलिङ एपको डिजाइन फेरिएको हो। अब डायलरमा ‘रिसेन्ट’ र ‘फेभरेट्स’ छुट्टै देखिँदैनन्, ती सबै ‘होम’मा समेटिएका छन्। एउटै नम्बरबाट आएका कलहरू समूहमा नभई समयक्रमअनुसार देखिन्छन्। इनकमिङ कल स्क्रिन पनि बदलिएको छ, जसले गलत रूपमा रिसिभ वा कट हुन नदियोस् भन्ने उद्देश्य राखेको छ।

यो परिवर्तन अचानक हुनुको कारण गूगल प्ले स्टोरको अटो अपडेट हो। धेरै प्रयोगकर्ताले यो सुविधा अन राखेकाले एप्स स्वतः अपडेट भई इन्टरफेस बदलिएको हो। वनप्लससहितका कम्पनीहरूले समेत प्रष्ट पारेका छन् कि यो उनीहरूको निर्णय होइन, गूगलको अपडेट हो।यदि तपाईंलाई नयाँ इन्टरफेस मन परेको छैन भने फोन सेटिङमा गएर ‘अनइन्स्टल अपडेट’ गर्न सकिन्छ। वा गुगल प्ले स्टोरमार्फत ‘गुगल कन्ट्याक्ट’ एपको अपडेट हटाएर पनि पुरानो स्वरुपमा फर्कन सकिन्छ।

त्यसैले, बदलिएको कल स्क्रिन देखेर डराउनु पर्ने कारण छैन। यो गूगलको नयाँ प्रयोग मात्र हो, जसलाई तपाईं चाहनुहुन्छ भने प्रयोग गर्न सक्नुहुन्छ, नचाहे पुरानै शैलीमा फर्कन सक्नुहुन्छ।

तपाईको प्रतिक्रिया