समाचार सुन्नुहोस :
काठमाडौँ – कोलम्बियाको काली शहरमा भएको कार बम विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार यो आक्रमण मार्को फिदेल सुवारेज मिलिटरी एभिएशन स्कूललाई लक्षित गरेर गरिएको हो। विस्फोटका कारण वरपरका भवनहरूमा पनि ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ।
कालीका मेयर आलेखान्द्रो एडरले घटनाको कडा निन्दा गर्दै दोषीबारे जानकारी दिने व्यक्तिलाई ४० करोड डलर बराबरको पुरस्कार दिने घोषणा गरेका छन्। सुरक्षाका कारण उनले विद्यालयसहित धेरै भवन खाली गर्न आदेश दिएका छन् र शहरमा ठूला ट्रकको प्रवेशमा रोक लगाएका छन्।
यसअघि बिहीबार मात्र, उत्तर–पश्चिमी शहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमाथि भएको आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको थियो।








