Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवास्थित जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यूनतम मानवीय तथा आधारभूत सुविधाबाट समेत वञ्चित गरिएको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार गरेको स्थलगत अनुगमनपछि यो तथ्य सार्वजनिक गरेको हो ।

आयोगकी सदस्य लिली थापा नेतृत्वको अनुगमन टोलीले लामिछानेको अवस्था ‘साह्रै खराब’ रहेको र उनको मानव अधिकारको संरक्षणमा राज्य चुकेको निष्कर्ष निकालेको छ । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै थापाले लामिछानेलाई राखिएको कोठा अत्यन्तै साँघुरो र अस्वस्थकर रहेको बताइन् । ‘उहाँहरुलाई एकदमै खराब हालतमा राखिएको रहेछ,’ थापाले भनिन्, ‘रविजीलाई राखिएको कोठामा एसी छैन, झ्याल बन्द गरिएको रहेछ ।’

सुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले लामिछानेको कोठाको झ्याल प्लाइउडले बन्द गरिदिएको छ । कोठामा दुईवटा पंखा भए पनि हावा पास नहुने भएकाले त्यसले राहत नदिने अनुगमन टोलीले जनाएको छ । आयोगको टोलीले तत्काल झ्याल खोल्न निर्देशन दिएपछि प्रशासनले बाक्लो जाली वा डण्डी राखेर भए पनि खोल्ने आश्वासन दिएको छ ।

यसका साथै, शौचालयको अवस्था झनै दयनीय रहेको आयोगको प्रतिवेदन छ । पानीको अभावसँगै शौचालयको सरसफाइको अवस्था असाध्यै खराब रहेको पाइएको हो ।

तपाईको प्रतिक्रिया