Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतमा भएको भनिएको निर्वाचन अनियमितताविरुद्ध सोमबार नयाँदिल्लीमा विपक्षी सांसदहरूले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको कार्यालयअगाडि प्रदर्शन गर्न पुगेका सांसद्हरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा कांग्रेस नेता राहुल गान्धी, अध्यक्ष मल्लिकार्जुन खड्गे, जयराम रमेश लगायत छन्।

विपक्षी दलले ‘मत चोरी’ गरेको र निर्वाचन आयोगले सत्तारुढ बीजेपीसँग मिलेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित केही सांसदहरूले बेरिकेड तोडेर अगाडि बढ्दा अव्यवस्था र नाराबाजी भएको थियो। यस क्रममा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा र मिताली बाउघ बेहोस भएका थिए।

पक्राउपछि राहुल गान्धीले यो लडाइँ राजनीतिक नभई संविधान बचाउने संघर्ष भएको बताए। कांग्रेस अध्यक्ष खड्गेले जनताको मतदान अधिकार जोगाउन लडिरहेको भन्दै ‘बीजेपीको तानाशाही’ अब नचल्ने चेतावनी दिए।

जुलुसमा कांग्रेस नेतृ प्रियंका गान्धी, डिएमकेका टी. आर. बालु, शिवसेना (उद्धव समूह) का संजय राउत, तृणमूल कांग्रेसका डेरेक ओ’ब्रायन, आरजेडी र वाम दलका सांसदहरू समेत सहभागी थिए।

तपाईको प्रतिक्रिया