समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यो विधेयक २०८१ साल असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। त्यसलाई राष्ट्रियसभाले २०८१ साल चैत ४ गते पारित गरिसकेको छ।
विधेयकमा आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान गर्न, विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नयाँ प्रविधिको विकास र विस्तारमार्फत उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने व्यवस्था गरिएको छ।








