Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लन्डनमा थर्ड आइले आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। मे १८ देखि ३१ सम्म विभिन्न सहरमा कार्यक्रम सम्पन्न भएको थियो। समापन कार्यक्रम लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा “पूजार सार्की”, “ज्वाइँसाब”, “सतीदेवी” र “हाफ जर्नी” चलचित्रलाई उत्कृष्ट अवार्ड प्रदान गरियो। वरिष्ठ कलाकार सन्तोष पन्तलाई लामो समयदेखिको योगदानका लागि “लाइफटाइम अचिभमेन्ट अवार्ड” दिइयो। अन्य कलाकारहरू विपना थापा, धिरेन शाक्य, नीति शाह, आश्मा विश्वकर्मा, प्रताप दास, एलिस कार्की लगायत यूके र बेल्जियमबाट आएका कलाकारहरूलाई पनि सम्मान गरिएको थियो।

समारोहमा फ्दक्टर राघवप्रसाद धिताल, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। डिसीले बोर्डले थालेका सुधार प्रयासहरूबारे जानकारी गराउँदै विदेशमा हुने यस्ता कार्यक्रमले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्ने बताए।

कार्यक्रम गायन, नृत्य र रंगारंग प्रस्तुति सहित सम्पन्न भएको थियो। थर्ड आइका अध्यक्ष विकास देवकोटा र टिमले आगामी वर्षहरूमा महोत्सवलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया