Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको हैदराबादमा भइरहेको मिस वर्ल्ड प्रतियोगिताबाट मिस इंग्ल्याण्ड मिला म्यागी अचानक बाहिरिएपछि विवाद चुलिएको छ। बेलायती पत्रिका द सन सँगको अन्तर्वार्तामा २४ वर्षीया मिलाले आयोजकहरूबाट आर्थिक लगानीकर्ताहरूसँग सम्बन्ध बनाउन दबाब आएको आरोप लगाएकी छिन्। उनले आफूलाई ‘वेश्या जस्तो व्यवहार गरिएको’ भन्दै गुनासो गरिन्।

उनका अनुसार प्रतियोगीहरूलाई वृद्ध पुरुष पाहुनाहरूसँग समय बिताउन बाध्य पारेको खुलासा गरिन्। प्रतियोगितामा सहभागी १०९ जना प्रतियोगीलाई “बोरिङ” भनिएको र उनीहरूलाई “बाँदर जस्तो” व्यवहार गरिएको आरोप पनि उनले लगाइन्।

तर मिस वर्ल्डकी सीईओ जुलिया मोर्लीले म्यागीको आरोप अस्वीकार गर्दै उनकी आमाको स्वास्थ्य बिग्रिएकाले म्यागीले प्रतियोगिता छोडेको बताएकी छिन्। मोर्लीले म्यागीका दाबीहरूलाई “झूटा र मानहानिपूर्ण” भनेकी छन्। अब इंग्ल्याण्डको प्रतिनिधित्व मिस इंग्ल्याण्ड उपविजेता चार्लोट ग्रान्टले गर्नेछिन्। मिस वर्ल्डको फाइनल मे ३१ मा हुँदैछ।

तपाईको प्रतिक्रिया