समाचार सुन्नुहोस :
काठमाडौँ – बलिउड स्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी २’ शुक्रबारदेखि नेपाली सिनेमा हलमा प्रदर्शनमा आएको छ। आज कुनै नेपाली चलचित्र प्रदर्शनमा नआएकाले ‘केसरी २’ एकल रूपमा रिलिज भएको हो। फिल्मले सन् १९१९ को अप्रिल १३ मा पञ्जाबको जलियांवाला बागमा घटेको ऐतिहासिक हत्याकाण्डलाई चित्रण गरेको छ।
करण सिंह त्यागीको निर्देशनमा बनेको यस फिल्ममा अक्षय कुमारसँगै आर. माधवन, अनन्या पाण्डे लगायतका कलाकारको दमदार अभिनय देख्न पाइन्छ। फिल्ममा अक्षयले सर सी. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्। जो ब्रिटिश शासनविरुद्ध आवाज उठाउने कानुन व्यवसायी थिए।
पहिलो संस्करण ‘केसरी’ को सफलता पछिको यो दोस्रो भाग हो। यो फिल्मलाई दर्शकको उत्साहजनक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।








