Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ। एक कार्यक्रममार्फत सार्वजनिक गरिएको ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जलीको अभिनय देख्न सकिन्छ।

फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म बैशाख २६ गते (मे ९) सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक फूर्वा छिरिङ लामाको निर्देशनमा बनेको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो। फिल्म होप रिल्स, एलए सेभेन स्टार्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

‘जार’ फिल्मले सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक वास्तविक घटनालाई चित्रण गरेको छ। फिल्ममा संगीत झुमा लिम्बु र गंगा थापाको रहेको छ। नेपाल, भारत र अन्य अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकैसाथ प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया