Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले फिल्म रिलिज गर्दा आफैंले टिकट किनेको खुलासा गरेका छन्। पछिल्लो समय निर्माता तथा निर्माण टिमले नै टिकट काट्ने प्रवृत्ति बढिरहेको र पौडेल आफूले पनि टिकट किनेको स्वीकार गरेका हुन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “फिल्म बनाए पनि २०–२५ लाखको टिकट त किन्नै पर्छ, १०–१२ लाखको त हामीले पनि काट्यौं।” उनका अनुसार, हाल निर्माता स्वयंले टिकट काट्नु पनि मार्केटिङको एउटा हिस्सा भएको छ। “अब टिकट काट्नु मार्केटिङ प्लान हो,” भन्दै उनले दर्शक तान्न यस्ता उपाय आवश्यक हुने बताएका छन्।

पछिल्लो कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्ण बहादुरको सारङ्गी’ले सुरुका दिनहरूमा खासै दर्शक पाउन सकेन। तर, टिकटक र सामाजिक सञ्जालमा चर्चा बढेपछि फिल्मले लोकप्रियता बटुल्न थाल्यो। चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यसले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाइ गर्दै व्यापारमा उल्लेखनीय सफलता हासिल गरेको छ। शुरुवातमा दर्शकको साथ नपाए पनि ‘वर्ड अफ माउथ’ र टिकटकमा क्रेज बढेपछि फिल्म बक्स अफिसमा सफल बनेको हो।

 

 

 

तपाईको प्रतिक्रिया