Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’ ले पहिलो हप्तामा नै ४ करोड ३२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक र निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा यो आँकडा सार्वजनिक गरेका हुन्। चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।

काठमाडौंमा गोविन्द शाहीको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले यसको वितरण गरेका छन्। तीन नयाँ नेपाली चलचित्र रिलिज भए पनि ‘होस्टेल ३’ले यो तिन मध्ये राम्रो व्यापार गरिरहेको छ। यो चलचित्र बिहीबारदेखि संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ।

युवा पुस्तालाई लक्षित यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। यो चलचित्रले नेपाली चलचित्रका मुख्य युवा दर्शक वर्गलाई आकर्षित गरेको छ।

 

तपाईको प्रतिक्रिया