Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – अमेरिकाले युक्रेनलाई गर्दै आएको सैन्य सहायता रोक्का गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा युक्रेनलाई दिइँदै आएको सबै सैन्य सहायता रोक्का गरिएको अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । दुई नेताहरूबीच ह्वाइट हाउसस्थित ओभल अफिसमा भनाभन भएको थियो ।

अमेरिकाले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण हतियार प्रदान गर्दै आएको थियो । अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया