समाचार सुन्नुहोस :
काठमाडौँ – मच्छिन्द्र क्लबले केपी ओली कप फुटबल प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा मच्छिन्द्रले विभागीय टोली आर्मीलाई २-० को अन्तरले पराजित गर्दै तेस्रो संस्करणको उपाधि आफ्नो बनाएको हो।
यसअघि, पहिलो संस्करणमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको थियो।
प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरे। साथै, फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडी इटालीका लिजेन्ड तथा विश्व विजेता गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रूपमा थिए।








