Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ । कुबेती दिनारको विनियमदर भने बढेको छ । तर, अमेरिकी डलरको विनियमदर विगत तीन दिनदेखि स्थिर छ । आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ ।

आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा छ । पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा छ।अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया