समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। यस पटकको फ्राइडे रिलिजमा ‘ममी’, ‘जुना’ र ‘सारंग’ नामक चलचित्र दर्शकमाझ आएका छन्।
‘ममी’ चलचित्रको निर्देशन समर निरौलाले गरेका हुन्, जसमा प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारती मुख्य भूमिकामा छन्। प्रशान्त तामाङ निर्देशित ‘सारंग’ बालमनोविज्ञानको कथामा आधारित छ। यस चलचित्रमा ऋचा शर्मा, उत्पल झाला लगायतका कलाकारले अभिनय गरेका छन्।
त्यसैगरी, जीवन सेन्चुरी निर्देशित ‘जुना’ बालविवाहको संवेदनशील विषय उठान गर्ने चलचित्र हो। यसमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल र रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ।








