समाचार सुन्नुहोस :
काठमाडौँ – खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन विमानस्थलमा खो खो नेपाल सङ्घले पुरुष र महिला टोलीलाई भव्यताका साथ स्वागत गरेको छ ।आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो ।
भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो । यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।








