Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी महिला यू-१९ विश्वकप क्रिकेटको दोस्रो संस्करण आजदेखि मलेसियामा सुरु हुँदैछ। नेपालले एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेपछि विश्वकपमा स्थान पक्का गरेको हो। गत कात्तिक महिनामा सम्पन्न छनोट प्रतियोगितामा नेपालले सबै टोलीलाई पराजित गरी च्याम्पियनको उपाधि जितेको थियो।

विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका हुँदा समूह ‘सी’ न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन् । एक समूहबाट शीर्ष ३ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । ।

नेपालले पहिलो खेल आज बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट शुरू हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया