Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानमा गत वर्ष रामेन व्यवसाय सञ्चालन गर्ने धेरैजसो रामेन पसलले व्यापार बन्द गरेको एक अनुसन्धान संस्थाले जनाएको छ । खाद्यान्नको मूल्य बढ्दै जाँदा पनि रामेनको मूल्य बढाउन सक्ने स्थान सीमित हुँदा यो अवस्था सिर्जना भएको हो ।

श्रमिक अभावका कारण कर्मचारी खर्च बढेकोले पनि व्यवसायी मारमा परेका छन् । टेइकोकु डेटाबैंक लिमिटेडकाअनुसार रामेन व्यवसाय सञ्चालकहरू बीचको दिवालियापन (कुनै व्यक्ति, संस्था, वा व्यवसायले आफ्ना आर्थिक दायित्वहरू समयमै तिर्न नसक्ने स्थिति)ले २०२४ मा कम्तिमा १० मिलियन येनको दायित्व ३० प्रतिशतभन्दा बढीले बढेर ७२ पुगेको छ, जुन २०२३ मा ५३ थियो ।

जापानी रामेनमा सामान्यतः मासु र तरकारी टपिङ्स राखिएको हुन्छ र यसमा स्वादिलो ब्रोथ मिसाइन्छ । लागत बढे पनि एक कचौरामा पर्ने औसत रामेनको मूल्य अझै ७ सय येनभन्दा कम छ । लन्चका लागि लोकप्रिय विकल्प वा रातिको स्न्याकको रूपमा चर्चित रामेनले विदेशमा पनि प्रशंसकहरू बनाएको छ ।

तर २०२४ मा सामग्रीको मूल्य २०२२ को तुलनामा औसतमा १० प्रतिशतभन्दा बढी बढेको छ । यस्तो अवस्थामा व्यवसायहरूले आफ्नो मूल्य १ हजार येनको नजिक पुर्‍याउनुपर्ने सम्भावना छ । राजधानी टोकियोको शिम्बाशी व्यापार क्षेत्रमा रहेको ‘मेनकोई डोकोरो किराकु’का प्रबन्धक ताकातोयो सातोले २०२४ मे महिनामा कठिन परिस्थितिलाई ध्यानमा राख्दै मूल्य बढाएको बताए । उनको पसलको सबैभन्दा लोकप्रिय शोयु रामेन (सोया सस ब्रोथ भएको)को मूल्य ७ सय ८० येनबाट बढाएर ९ सय ५० येन पुर्‍याइएको छ ।

टेइकोकु डेटाबैंकले सर्वेक्षण गरेका करिब ३ सय ५० रामेन व्यवसायहरूमध्ये ३४ प्रतिशतले घाटामा रहेको बताएका छन् । सातोका अनुसार मूल्य वृद्धिलाई उनका सबै ग्राहकहरूले राम्ररी स्वीकार गरेनन् । ‘मूल्य बढेपछि ग्राहकको चाप पक्कै घट्यो । मानिसहरूले यसबारे भन्न त केहि भन्दैनन्, तर उनीहरूको धारणा– यो त केवल रामेन हो भन्ने नै छ,’ सातोले भने ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया