Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – आइतबार जापान सम्पन्न ‘सेभेन सामुराइ मोना सिजुओका कप’ फुट्सलको उपाधि MERCURY FC TOKYO ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति सिजुओकाले फुट्सल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजक टिम MONA SHIZUOKA (A) रनर-अप भएको छ । उपाधि विजेता टोली ५ लाख १ हजार येनसहित प्रमाणपत्र पाएको छ भने रनर-अप टोलीले २ लाख १ हजार येनसहित प्रमाणपत्र हासिल गरेको मोना जापान क्षेत्रीय समिति सिजुओकाका संयोजक तुल चोचाङ्गीले जानकारी दिए ।नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरूलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारस्परिक भाइचाराको विकास गरी यस क्षेत्रमा रहेको प्रचुर सम्भावना र क्षमता बोकेका खेलाडीहरूको प्रतिभालाई मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया