Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीले आठ वर्ष लामो कानुनी प्रक्रिया पछि औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका छन्। पिपल म्यागेजिनका अनुसार यो जोडीले आफ्ना शर्तहरूमा सहमति जनाउँदै गत ३० डिसेम्बरमा सम्बन्ध विच्छेदका कागजातमा हस्ताक्षर गरे।

‘आठ वर्ष पहिले जोलीले पिटसँग सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् । उनी र छोराछोरीले पिटसँग साझेदारी गरेका सबै सम्पत्ति छाडेका थिए । त्यस समयदेखि परिवारका लागि शान्ति र उपचारमा ध्यान केन्द्रित गरिन्,’ जोलीका वकील जेम्स साइमनले एक विज्ञप्तिमा भने । यो विवाद २०१६ मा निजी विमानमा भएको झगडापछि सार्वजनिक भएको थियो। उक्त झगडामा पिटले एक बच्चालाई अनुहारमा चोट लाग्ने गरी हिर्काएको जनाइएको छ। जोलीलाई पनि दुर्व्यवहार गरेको आरोप लागेको थियो।यो घटनाले जोडीलाई विश्वभर चर्चा गराएको थियो।

त्यसयता, दुवै पक्षबीच सम्पत्ति र व्यक्तिगत विषयहरूलाई लिएर विवाद भइरहे। पिटले जोलीलाई आफ्नो वाइनरीको हिस्सेदारी बेच्न रोक्ने प्रयास गरेको आरोप पनि लगाइएको थियो। अब, आठ वर्ष लामो कानुनी लडाइँ समाप्त भएपछि उनीहरू आ-आफ्नो जीवनतर्फ अगाडि बढ्ने क्रममा छन्।

तपाईको प्रतिक्रिया