Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले ७-८ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा दिइरहेका छन् । यसअघि कर्जाको ब्याजदर १५ प्रतिशत नाघेको थियो, त्यस हिसावले हाल ब्याजदर आधा सस्तो भइसकेको छ ।

तरलता फालाफाल हुनाले बैंकले फोन गरेरै ग्राहकलाई सजिलै कर्जा दिन थालेका छन् । कर्जाको सेवा शुल्क र ब्याजदर घटाउने पनि प्रतिस्पर्धा चलेकै देखिन्छ । कर्जाको माग नहुनुको मुख्य कारण नै सरकारले लिइरहेको कसिलो र अस्थिर नीति भएको उद्योगी-व्यवसायीहरूको भनाई छ ।

नीतिगत स्थिरता नभएककै कारण ब्याजदर घटिरहेको भएपनि कर्जा प्रवाह हुन नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘आज पैसा थुप्रिएको छ र ब्याज घटेको छ । मैले अहिलेको ब्याज हेरेर उद्योगमा लगाए भने छ महिनापछि यो ब्याजदर कायम रहन्छ भन्ने छैन । हिजोकै जस्तो ब्याजदर बढेर धेरै भयो भने मैले के गर्ने ?,’ उनले अगाडि भने, ‘स्थिर नीति भएको ठाउँमा यसरी ब्याजदर बढाउने चलन हुँदैन । हाम्रोमा ब्याजदर स्थिर नहुँदा लगानीका लागि कर्जा लिने अवस्था भएन ।’

निजी क्षेत्रमा गएको कर्जालाई नियन्त्रण गर्ने नीति सरकारले लिएकाले धेरैलाई कर्जा लिन निरुत्साहित गरेको उनीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकको विवरणअनुसार हाल करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको छ । गत मंगलबारसम्मको विवरण हेर्दा अहिले नेपालका कुल निक्षेप रकम साढे ६६ खर्ब रुपैयाँ रहेको देखिन्छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया