Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी पपस्टार र अभिनेत्री सेलेना गोमेजले प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट गरेकी छन्। बिहीबार बिहान, नेपाली समयअनुसार, उनले इन्स्टाग्राममा इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी हुन्। सेलेनाले इन्गेजमेन्ट रिङको फोटो शेयर गर्दै क्याप्शनमा लेखेकी छिन्, “अब सधैंको लागि सुरु गर्दैछौं।” बेनीले उक्त पोस्टमा प्रतिक्रिया दिँदै लेखेका छन्, “पर्ख, उनी मेरी श्रीमती हुन्।”

प्रशंसकहरूले कमेन्ट सेक्सनमा सेलेनालाई बधाई दिएका छन्। पोस्ट गरिएको फोटोमा सेलेनाले ठूलो हीराको औंठी प्रदर्शन गरेकी छिन्। अनुमान गरिएअनुसार, उनीहरूको इन्गेजमेन्ट आरामदायी वनभोजको समयमा भएको हो। सेलेना र बेनीको अन्तिम तस्वीरमा दुवैजना खुशी र रोमान्टिक मुद्रामा देखिएका छन्। उनीहरूले डिसेम्बर २०२३ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। औपचारिक रूपमा इन्गेजमेन्ट गर्नुअघि, यो जोडी करिब ६ महिना सँगै रहेको थियो।

सम्पूर्ण विश्वमा सेलेनाका फ्यान छन्, जसमा नेपाल पनि अछुतो छैन। सामाजिक सञ्जालमा उनीहरूको प्रेमका क्षणहरू अझै पनि चर्चाको विषय बनेका छन्।

 

 

तपाईको प्रतिक्रिया